जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ, १ लाख ५२ हजार बरामद 


काठमाडौं – झापाको मेचीनगर नगरपालिका – १० स्थित लक्ष्मी कोल्ड स्टोरमा जुवातास खेलिरहेको अवस्थामा कोल्ड स्टोरका सञ्चालक ४२ वर्षीय रामपत राजवंशी समेत ४ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२ हजार ४ सय ५० रुपैयाँ र ११ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।