काठमाडौं – मोरङको विराटनगर महानगरपालिका वडा– १५ स्थित २ नं.ढाट नजिकमा रहेको यात्रु सहायता शाखामा नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारी साधनका चालकहरूलाई अनधिकृत रूपमा दबाब दिई रकम असुल गर्ने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङका सुरेश कर्ण, सञ्जय केवट र नरेन्द्र थापा रहेका छन्।उनीहरूले नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारी साधनका चालकहरू दबाब दिई अवैध रूपमा रकम असुल गरी आर्थिक लाभ लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङ र इलाका प्रहरी कार्यालय, रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया