बैंकिङ्ग कसुर मुद्दामा १५ लाख जरिवाना तोकिएका निमा लामा शेर्पा पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवदीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको जिरी– १ घर भई काठमाडौंको जोरपाटी बस्ने निमा लामा शेर्पा रहेका छन्। 

उनीमाथि बैंकिङ्ग कसुर मुद्दामा काठमाडौं जिल्ला अदालत बबरमहलले १५ लाख १० हजार बिगो, पाँच दिन कैद र १५ लाख १० हजार जरिवाना फैसला गरेको थियो। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई चाबहिलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहलमा उपस्थित गराएको छ।