पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात


काठमाडौं – चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८ सय ४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन्।

यो अवधिमा पाँच अर्ब ६५ करोड रुपैयाँ बराबरका ५० किलोवाट क्षमताका तीन हजार ६ सय ८० वटा विद्युतीय वाहन आयात भएका छन्। सोही अवधिमा १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३ सय ५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्।