काठमाडौं – पूर्व अर्थमन्त्री विष्णु पौडेलको सम्पत्ति शुद्धीकरणमा अनुसन्धान लागि म्याद थपका विषयमा विशेष अदालतमा बहस सकिएको छ।
न्यायाधीश त्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तर्फबाट सरकारी वकिल तथा पौडेलका तर्फबाट कानुन व्यवसायीहरूले मंगलबार आफ्नो बहस प्रस्तुत गरेका हुन्।
विभागले पौडेललाई थप २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरिएको छ। उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सुर्खेतबाट पक्राउ गरिएको थियो।






About Us
प्रतिक्रिया