ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ


काठमाडौं – पर्यटकीय गन्तव्य ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिकलाई पक्राउ गरिएको छ। प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा सर्वसाधारणलाई दुःख दिने र ड्युटीमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

उनीहरू ठमेलस्थित फायरचोक क्षेत्रमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक एवं सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेक्ने र अश्लील क्रियाकलापमार्फत हैरानी दिइरहेको अवस्थामा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पाँच युगाण्डा र दुई जना भियतनामका नागरिक रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सातै जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।