चेक अनादर मुद्दामा दुई वर्ष कैद तोकिएका फरार प्रतिवादी थापा पक्राउ 


काठमाडौं – चेक अनादर मुद्दामा दुई वर्ष कैद तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको चापागाँउ बस्ने प्रकाश थापा रहेका छन्। 

अदालतले थापालाई २ वर्ष कैद फैसला गरेपछि उनी फरार भएका  थिए। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा गरिएकाे जनाएकाे छ।