काठमाडौं – प्रहरी बनाइदिन्छु भन्दै ३ लाख ५० हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका– १२ बस्ने धर्मराज चनारा रहेका छन्।
जिल्ला अदालत जाजरकोटबाट पक्राउ अनुमति समेत लिई खोजतलास गर्दै जाने क्रममा उनलाई छेडागाड नगरपालिका– १२ बाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी ५ दिन म्याद थप लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया