बैंकिङ्ग कसुर मुद्दामा ३ वर्ष ६ महिना कैद तोकिएका नविन राउत पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा ३ वर्ष ६ महिना कैद तोकिएका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका– ४ भन्डारी टोल बस्ने वर्ष ४० को नविन राउत रहेका छन्। 

चेक अनादर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।