काठमाडौं – नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगर बस्ने ४५ वर्षीया बबिता थापा रहेकी छिन् ।
उनलाई नेपाली ५ सय दरको १९ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





About Us
प्रतिक्रिया