डोल्पा – जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल राज गिरीको नेतृत्वमा प्रहरीले जुवातास तथा कौडा खेलजस्ता अवैध गतिविधिविरुद्ध कडा निगरानी बढाएको छ। यसैक्रममा काइके गाउँपालिकाका अध्यक्ष अंगतकुमार रानामगरसहित ६ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गर्न प्रहरी सफल भएको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो सदरमुकाम दुनैस्थित एक घरमा पैसाको हारजित हुने गरी जुवा (पासार कौडा) खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो। छापामार कारबाहीका क्रममा काइके गाउँपालिकाका अध्यक्ष रानामगरसहित ६ जनालाई नियन्त्रणमा लिइएको हो।
घटनास्थलबाट प्रहरीले नगद ४९ हजार ८ सय रुपैयाँ, दुई थान पारा, ४६ थान कौडा तथा सात थान मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।
डिएसपी गिरीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय डोल्पाले अपराध नियन्त्रण, कानुनको प्रभावकारी कार्यान्वयन र सुशासन प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको देखिएको छ।





About Us
प्रतिक्रिया