काठमाडौं -काठमाडौंको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरिरहेको तथा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फहिमा अख्तर हसन, महामुद, महबूब हसन, रेपोन मेहमूद, एमडी-केरामोत अलीखान, साहिदुर रहमान, एमडी खलिलुर रहमान, आरिफुर रहमान, एमडी मारुफ मृधा र मोहम्मद हनिफ मिया रहेका छन्।
काठमाडौं उपत्यका अपराध कार्यालयबाट अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले ठमेल क्षेत्रका विभिन्न होटल तथा गेस्टहाउसमा विदेशी नागरिकहरू गैर कानुनी रूपमा बसोबास गरिरहेको सूचनाका आधारमा निगरानी तथा अनुसन्धान गरेको थियो। सो क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका बङ्गलादेशी नागरिकहरू ठमेलका विभिन्न होटलमा बस्दै आएका थिए। उनीहरू गैर कानुनी रूपमा नेपालमा बसोबास गरिरहेको र शंकास्पद गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनीहरूलाई ठमेलस्थित होटल ढाका एक्सप्रेस, होटल डि भेढा र होटल अलरहमान लगायतका स्थानबाट नियन्त्रणमा लिइएको हो। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया