बजेटपछि अर्थसचिव पनि फेरिए, घनश्याम रेग्मीको ठाउँमा गोविन्द कार्की


काठमाडौं – सरकारले बजेट पेस लगत्तै अर्थ मन्त्रालयको उच्च प्रशासनिक अधिकारीहरूको फेरबदल गरेको छ। यसअघि राजस्व सचिव भुपाल बरालको सरुवा गरिएकोमा अर्थ सचिव डा. घनश्याम उपाध्यायको पनि सरुवा गरेको हो।

उनको ठाउँमा गोविन्द कार्कीलाई भित्र्याएको छ। उपाध्यायलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ। यसअघि सरकारले राजस्व सचिवबाट भुपाल बराललाई सरुवा गर्दै गण्डकी प्रदेश सरुवा गरिसकेको छ।

कार्की २०८१ भदौमा सचिवमा बढुवा भएका हुन्। त्यसयता उनले वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन्। पछिल्लो मन्त्रिपरिषद्को हेरफेरमा उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।

Skip This