टिकटकर तुलसालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


काठमाडौं – टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाे छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो। 

उनलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी शनिबार राति काठमाडौं ल्याएको थियो। उनीविरुद्ध प्रहरी वृत्त सात दोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो। अधिकारीविरुद्ध ललितपुरका एक जना व्यवसायीले जाहेरी दिएका थिए।

Skip This