काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्ट र सुलभ अग्रवालसहित ४० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको छ।
सीआईबीले हिमालयन रि-इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल, आशिष श्रेष्ठ, शेखर गोल्छा, सुभाष बहादुर श्रेष्ठ, दीपक भट्ट, शुलभ अग्रवाल, मृगेन्द्र नाथ रिमाल, सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, सुनिता श्रेष्ठ, अनुप मालाकार, बद्री सिग्देल, प्रविना दाहाल, सुजल मल्ल, अमित मोर, शाहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला, मनिष कुमार, दीपक कुमार श्रेष्ठ, सिताराम वाग्ले, आकांक्षा गुप्ता, शिशिर गैह्रे, रितेश प्रधान, कपिल कुमार दाहाल, राजन प्रसाद अधिकारी, विदुर पुरी, बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानाङ्ग, शुमेर शम्शेर जवरा, सुभाष पौडेल, शालिनी संघई, प्रतिक जोशी,सन्दिप चाचन अग्रवाल, शुभी अग्रवाल, ऋषिराज मोर र राज बहादुर शाहलाई प्रतिवादी बनाएको छ।
प्रतिवादीमध्ये दीपक भट्ट र शुलभ अग्रवाल प्रहरीको थुनामा रहेका छन। यस्तै, सुभाष बहादुर श्रेष्ठ, शेखर गोल्छा र आशिष श्रेष्ठ हाजिर जमानीमा रहेको प्रतिवेदन उल्लेख गरिएको छ। साथै, हिमालयन रि–इन्स्योरेन्ससहित पाँच इन्स्योरेन्स कम्पनीबाट ४ अर्ब भन्दा बढी रकम अपचलन गरेको पाइएको छ। हिमालयन रि, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन क्याप सर्व, हिमालयन सेक्युरिटिज बैंकर र एचएलआई लार्ज क्याप फन्डको रकम अपचलनमा मुख्य भूमिका देखिएको छ।






About Us
प्रतिक्रिया