बजेटमार्फत वाग्लेले ऋण थपेको भाष्य बनेको छ, तर पुरानो ऋण तिर्नै ठूलो रकम चाहिन्छः अर्थमन्त्री डा.वाग्ले


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक भएपछि बजेटमार्फत आफुले ऋण थपेको आरोप खेपीरहेको बताएका छन्। उनले सञ्चारकर्मीसँगको भेटका क्रममा बजेटमार्फत ऋण थपेको भाष्य बनेको बताएका हुन्।

बजारमा बजेटमार्फत ऋण थपेको भाष्य बनेको बताउँदै उनले पुरानो ऋण तिर्नै ठूलो रकम चाहिने हुँदा बजेटको आकार बढाएको प्रष्ट पारे। उनले सन् २०१४ मा बजेटको आकार ५ खर्ब १९ अर्ब जतिको मात्रै रहेको बताए। उनले भूकम्पपछि पुनर्निर्माणका लागि बजेटको आकार बढ्दै गएको बताए। उनले विगत १०/११ वर्षमा बजेटको आकार जीडीपीको २५ देखि २९ प्रतिशत हुनेमा भने वास्तविक खर्च २२ देखि २५ प्रतिशतको हाराहारीमा हुने गरेको बताए।

यसपालिको २१ खर्बको बजेटलाई धेरैले ठूलो भने पनि डा. वाग्लेकाअनुसार यो जीडीपीको २८.५ प्रतिशत मात्र हो। उनले धेरै बजेट आएको हल्ला गलत भएको समेत बताए।