काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले बजेटले समग्र धेरैजसो विषयलाई समेट्ने प्रयास गरेको जस्तो देखिएको बताएका छन्। अध्यक्ष श्रेष्ठले बजेटले धेरैजसो विषयलाई समेट्ने प्रयास गरेको देखिएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।
व्यवसायीले करकाे दर हेरफेर गर्न माग राखेकाेमा बजेटले समेटेकाे उनले बताए। अध्यक्ष श्रेष्ठले भने,’ सरकारले बजेटमा सम्बोधन गर्दै मध्यमवर्गीय आय र प्रतिव्यक्ति वार्षिक करको बढाएर १२ लाख बनाउनु पर्ने भनिएकोमा १० लाख पुर्याइएको छ। डिजिटल भुक्तानीमा १० प्रतिशत छुट दिने भनिएकाे छ।’
साथै, कृषिलाई पनि प्रोत्साहन गर्ने २ करोड लगानी गरिएको उनले बताए। उनले भने,‘कृषि तथा पशुपन्छी व्यवसाय गर्नेलाई चार वर्ष सम्म दश–दश प्रतिशतका दरले वर्ष ४० प्रतिशतको अनुदान दिने भनिएको छ। जसले अनुदानको नयाँ मोडालिटि ल्याउन खोजिएको देखिन्छ। ’ बजेटमा पशु बीमा कृषि बीमामा ८० प्रतिशतसम्म सरकारले बीमाको प्रिमियम तिरिदिने बताइएको उनले बताए। साथै , पूर्वाधारमा पनि धेरै सुधार गरिएको उनले बताए।






About Us
प्रतिक्रिया