काठमाडौं – सरकारले देश कै पहिलो सार्वभौम एआई कम्प्युटर केन्द्र स्थापना गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
काठमाडौंको स्युचाटारमा एआई कम्प्युटर केन्द्र स्थापना गर्ने अर्थमन्त्री वाग्लेले बताए। उनले स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युटर सेवामा रूपान्तरण गर्ने बताए।
अर्थमन्त्री वाग्लेले भने, ‘काठमाडौंको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युटर सेन्टर स्थापना गर्नेछौं। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्युटर क्षमता उपलब्ध गराउनेछौं।’






About Us
प्रतिक्रिया