उद्योगका लागि ४९ खर्ब ५२ अर्ब ६ करोड बराबरको लगानी स्वीकृत


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज बुधबार सङ्घीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन्। देशमा स्वदेशी तथा विदेशी लगानी रहेका उद्योगका लागि २०८२ असारसम्म ४९ खर्ब ५२ अर्ब ६ करोड बराबरको कुल लगानी स्वीकृत भएको छ।

कुल स्वीकृत लगानीमध्ये उद्योग विभागबाट ३३ खर्ब ३७ अर्ब ८० करोड (६७.४ प्रतिशत) र लगानी बोर्ड नेपालबाट १६ खर्ब १४ अर्ब २६ करोड (३२.६ प्रतिशत) लगानी स्वीकृत भएको हो।

साथै, चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागबाट ३ खर्ब ८९ अर्ब ७४ करोड र लगानी बोर्ड नेपालबाट १ खर्ब २ अर्ब २६ करोड गरी जम्मा ४ खर्ब ९२ अर्ब बराबरको लगानी स्वीकृत भएको छ। यससँगै २०८२ फागुनसम्म कुल स्वीकृत लगानी ५४ खर्ब ४४ अर्ब ६ करोड पुगेको हो।