स्रोत नखुलेको १२ लाखसहित  ३ जना पक्राउ


काठमाडौं – काठमाडौंको कुलेश्वरबाट स्रोत नखुलेको १२ लाख १५ हजारसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंका शंकर साह, काभ्रेपलान्चोकका भीमसेन तिमल्सिना र सप्तरीका  प्रमोद कुमार यादव रहेका छन्। 

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।