काठमाडौं – पूर्वाधार विकास मन्त्रालयमा अनधिकृत रूपमा प्रवेश गरी अभद्र व्यवहार गर्दै रकम माग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिकोटका ३५ वर्षीय उपेन्द्रकुमार शाही रहेका छन्।
प्रहरीका अनुसार शाहीले पूर्व सूचना तथा अनुमति बिना सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयको सचिवको कार्यकक्षमा प्रवेश गरी हुलहुज्जत र होहल्ला गरेका थिए। मन्त्रालयका कर्मचारीले उनलाई बाहिर जान आग्रह गर्दा उनले अश्लील शब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको आरोप छ।
शाहीलाई पक्राउ गरी आपराधिक लाभ लिन नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया