खिचापोखरीबाट ६ करोड बराबरको २८ हजार भेपसहित एक जना पक्राउ 


काठमाडौं – काठमाडौंको खिचापोखरीबाट प्रहरीले भेपसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरका नवीन खड्का रहेका छन्। 

खिचापोखरी स्थित आरबी कम्प्लेक्सबाट प्रहरीले ६ करोड बराबरको २८ हजार ५०० वटा अवैध भेप बरामद गरेको छ। आरबी कम्प्लेक्सको अण्डर ग्राउडमा रहेको गोदाम र खिचापोखरीमै रहेको भेपमाण्डु नामक पसलबाट उक्त भेप बरामद गरेको हो। उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।