चोरी मुद्दामा ४ महिना कैद तोकिएका फरार एक जना पक्राउ 


काठमाडौं – चोरी मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने पर्साको वीरगन्जका रोशन पटेल रहेका छन्। 

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएका प्रहरी टोलीले पर्साको वीरगन्ज महानगरपालिका– १४ पिपरा टोलबाट पक्राउ गरेको हो। 

पर्सा जिल्ला अदालतले चोरी मुद्दामा ४ महिना कैद र २० हजार जरिवाना फैसलाले गरेपछि फरार भएका उनलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।