काठमाडौं – काठमाडौंको ठमेल एरियाबाट प्रहरीले ९ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले ठमेल एरियामा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरी दुःख हैरानी दिने गरेकाले पक्राउ गरिएको बताएको छ।
उनीहरूलाई नियन्त्रणमा लिई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया