काठमाडौं – व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई हिसातमा रहँदा सघाएको आशंकामा ललितपुर प्रहरीमाथि छानबिन समिति गठन गरेको छ। भट्ट र अग्रवाललाई सघाएको आशंकामा ललितपुर प्रहरीमाथि गत १ गते छानबिन समिति गठन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रवीण धिताल बताए।
प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको उनले बताए। भट्ट २०८२ चैत १९ गते र अग्रवाल चैत २२ गते सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका थिए। सम्पत्ति शुद्धीकरण विभागसँग आफ्नो हिरासत नभएकाले गर्दा उनीहरूलाई विभागले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखेको थियो।
सोही क्रममा ललितपुर प्रहरीले उनीहरूलाई हिरासतमा हुँदा मोबाइल प्रयोग गरेको दिएको, भेटघाटमा विशेष सुविधा दिएको लगायतको विषय आएपछि छानबिन समिति गठन भएको हो।






About Us
प्रतिक्रिया