डेढ करोड बढीको सुन र अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ


काठमाडौं – सशस्त्र प्रहरी बलले झापाको मेचीनगर – ६ काँकरभिट्टाबाट सुन, अमेरिकी डलर र भारतीय रुपैयाँसहित एक जना पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा  भारतका परम पाठक रहेका छन्। झापाको मेचीनगर–६ काँकरभिट्टा स्थित भन्सार ढाटमा सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट सप्रसनिको कमाण्डमा खटिएको ९ जना र मेची भन्सार कार्यलयबाट ६ जना जनाको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। 

नेपालतर्फ सिटि सफारीमा आउँदै गरेका पाठकलाई शंका लागि चेकजाँच गर्दा  उनको साथबाट २४ क्यारेडको सुन ५७० ग्राम (मूल्य १ करोड ४४ लाख ६५ हजार रुपैयाँ), अमेरिकी डलर २० हजार (नेपाली ३० लाख ६५ हजार रुपैयाँ)र भारतीय रुपैयाँ ८५ हजार ४ सय १० (नेपाली १ लाख ३६ हजार ६ सय ५७) बरामद गरेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई मेची भन्सार कार्यालयमा बुझाएको प्रहरीले बताएको छ।