जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ, १ लाख २८ हजार बरामद 


काठमाडौं – बाँकेको खजुरा गाउँपालिका– ४ स्थित खजुरा मिनि पार्क रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका– ८ बस्ने ३३ वर्षीय एकराम हुसेन समेत १३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार ३ सय १० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।