काठमाडौं – जिल्ला प्रहरी कार्यालय मोरङमा वैशाख महिनामा २४९ वटा उजुरी दर्ता भएका छन् । जसमा ४६ वटा आर्थिक अपराधका उजुरी रहेका छन्।
प्रहरीका अनुसार, ठगीका १० वटा र बैंकिङ्ग कसुरका ३६ वटा उजुरी दर्ता भएका छन्। यस महिनामा प्रहरीले १०६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जसको कुल कैद अवधि ७४ वर्ष ४ महिना १२ दिन रहेको छ। त्यस्तै, पक्राउ परेकाहरूबाट असुल हुने कुल जरिवाना रकम १२ लाख ४७ हजार पुगेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया