रुपन्देही – कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको करिब ३८ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले अस्पताल र बैंकका कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको छ। प्रहरीले सरकारी अस्पतालको नक्कली भौचर बनाएर संगठित रूपमा ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेहरूमा शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय चुडामणी भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ३० वर्षीय डा. अमित पाण्डेय र फार्मेसी सहायक ३७ वर्षीया रुक्सना खातुन रहेका छन्।
त्यस्तै, रकम जम्मा गर्ने प्रक्रियामा मिलेमतो गरेको आरोपमा नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर ३४ वर्षीय कमल प्रसाद भण्डारी र सोही बैंकका तत्कालीन कार्यालय सहयोगी ३५ वर्षीय बिक्रम केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका पाँचै जनालाई कपिलवस्तु जिल्ला अदालतबाट ठगी तथा अपराधिक विश्वासघात कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।







About Us
प्रतिक्रिया