भक्तपुरबाट साढे एक किलो चाँदीसहित एक जना पक्राउ


काठमाडौं  – भक्तपुर चाँगुनारायणबाट १ केजी ५७७ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  सिन्धुपाल्चोकको ईन्द्रवती घर भई  काभ्रेपलान्चोकको बनेपा बस्ने  राजु स्वेत रहेका छन्। 

अस्थायी प्रहरी पोस्ट ताथली भक्तपुरबाट खटिएको प्रहरी टोलीले नालाबाट च्यामासिंह तर्फ आउँदै गरेको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा उनले बोकेको खैरो लेदरको ब्यागमा सानो ठुलो गोलाकार भएको १०५ थान (१ केजी५७७ ग्राम) चाँदी फेला पारेको हो। 

उनको साथबाट उक्त चाँदी बरामद गरी प्रहरी वृत्त जगाती भक्तपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।