चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ 


काठमाडौं – चेक अनादर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको पानी पोखरीका ध्रुव बहादुर बस्नेत रहेका छन्। 

जिल्ला अदालत ललितपुरबाट २ वर्ष कैद फैसला भएका उनलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरीको टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेस गरेकाे छ।