जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ, १ लाख १५ बरामद 


काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिका– ५ न्यूरोड बस्ने ७२ वर्षीय काशीराम विश्वकर्माको घरमा जुवा तास खेलिरहेको अवस्थामा काशीराम समेत १० जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ४ सय २२ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। 

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–१७ राम दर्शन टोल बस्ने ५५ वर्षीय धर्मदत्त गौतमको घरमा जुवा तास खेलिरहेको अवस्थामा धर्मदत्त समेत ९ जनालाई शनिवार बेलुकी प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।  

साथै, ललितपुर, महालक्ष्मी नगरपालिका– १ इमाडोल बस्ने ५० वर्षीय श्याम कुमार राईको घरमा जुवा तास खेलिरहेको अवस्थामा श्याम कुमार समेत ८ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ५ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।