चोरी मुद्दामा २० हजार जरिवाना तोकिएका फरार दुई प्रतिवादी पक्राउ 


काठमाडौं – चोरी मुद्दामा जिल्ला अदालत कञ्चनपुरले कैद र जरिवाना फैसला गरेको दुई फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरका कृष्ण राना र होसियार राना रहेका छन्। 

पक्राउ पर्ने मध्येमा कृष्ण रानामाथि ९ महिना कैद र १५ हजार जरिवाना र होसियार रानालाई ३ महिना कैद र ५ हजार जरिवाना तोकिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी अदालतमा पेस गरेको छ।