काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गर्ने चार जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका संजय कुमार, नगेन्द्र शाह, बाँकेका अलताव खाँ, सल्यानका केशव सुनार रहेका छन्।
उनीहरू मध्ये कुमार र शाहले बेलायत पठाइदिन्छु भन्दै २२लाख, खाँले बुल्गेरिया पठाइदिन्छु भन्दै ५१ लाख र सुनारले क्यानडा पठाइदिन्छु भन्दै १ लाख ५० हजार ठगी गरेको प्रहरीले बताएको छ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया