काठमाडौं – विषेश अदालतले व्यवसायी दिपक भट्ट र व्यवसायी शुलभ अग्रवाललाई अनुसन्धानका लागि विशेष अदालतले १२ दिन म्याद थप गरेको छ । अदालतका न्यायाधीश हेमन्त रावल, न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरु माथि १२ दिन म्याद थप गरेको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका भट्टलाई आज पाँचौं पटक १२ दिन र अग्रवाललाई छैटौँ पटक १२ दिन म्याद थप भएको अदालतकी सूचना अधिकारी पार्वती हितानले बताइन् ।



About Us
प्रतिक्रिया