काठमाडौं – गैंडाको खाग जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ न्यूरोड बस्ने ५० वर्षीय संजय मान सिंह श्रेष्ठ समेत ३ जना रहेका छन्।
काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम तौलको गैंडाको खाग जस्तो देखिने वस्तु १ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले क्याफे तलासी गर्दा उक्त वस्तु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



About Us
प्रतिक्रिया