काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका– १७ बस्ने वराहक्षेत्र नगरपालिका– १ घर भएका ३३ वर्षीय पंकज साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
उक्त मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय धरान सुनसरीको समन्वयमा धरान उपमहानगरपालिका–१७ बाट पक्राउ गरेको हो।
उनी उपर जिल्ला अदालत सङ्खुवासभाबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



About Us
प्रतिक्रिया