बैंकिङ्ग कसुर मुद्दामा ४० लाख बिगो तोकिएका एक जना पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा ४० लाख बिगो तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तेह्रथुमका सलिजा कान्दङवा रहेका छन्। 

उनलाई काठमाडौं उपत्यका अपराध कार्यालयबाट खटिएको प्रहरी टोलीले भिमसेनगोलाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागी पाँचथर जिल्ला अदालत, फिदिम, पाँचथर पठाएको प्रहरीले जनाएको छ।