अदालतले म्याद थप गर्न अस्वीकार गरेसँगै शेखर गोल्छा रिहा 


काठमाडौं – व्यवसायी शेखर गोल्छा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले म्याद थप गर्न अस्वीकार गरेसँगै गाेल्छा रिहा भएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को थुनामा रहेका उनीमाथि आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो। 

सर्वोच्च अदालतको आदेशले उनी साेमबार रिहा भएका भएका थिए। तर, धितोपत्र सम्बन्धी कसुरमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए लगत्तै उनी सोमबार पुनः पक्राउ परेका थिए।

उनलाई बीमा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने भन्दै प्रहरीले फेरि पक्राउ गरी  हिरासतमा राखेको थियो। गोल्छा वैशाख १० गते पक्राउ गरेका थिए।