काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि जापान लैजाने भन्दै २५० जना बढीलाई ठग्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुमका सुरज पंधाक लिम्बु र सोलुखुम्बुका कमल बहादुर पुलामी मगर रहेका छन्।
प्रहरीका अनुसार उनीहरूमाथि ११ जनाले जाहेरी दिएका छन्। उनीहरूले निको परियोजना अन्तरगत जापानमा गुम्बा निर्माण गर्न कामदार लैजाने, खान बस्न सुविधासहित नेपाली २ लाख मासिक तलब दिने, प्रतिव्यक्ति लागत नेपाली १४ लाख लाग्ने भनी २५० भन्दा बढी पीडितहरूलाई ठगी गरेको खुल्न आएको छ। उनीहरूले २५० जनाबाट १ करोड २ लाख ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया