काठमाडौं – सर्वोच्च अदालतले धितोपत्र ऐनअन्तर्गतको कसुरमा पक्राउ परेका शेखर गोल्छाको वन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने राखेको छ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र मनोज शर्माको इजलासले उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको हो।
हाल केन्द्रीय अनुसन्धान ब्यूरोको थुनामा रहेको शेखर गोल्छाको तर्फबाट उनकी सीमा गोल्छाले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गर्दै गैर कानुनी तरिकाले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गरेकी थिइन्।



About Us
प्रतिक्रिया