काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठग्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखकी ज्वाला कुमारी चन्द, कास्कीकी भिम कुमारी गुरुङ र गोरखाका भगवानराज मल्ल ठकुरी रहेका छन्।
चन्दले अजरबैजान पठाइदिन्छु भन्दै ३ लाख ३४ हजार, गुरुङले हङकङ पठाइदिन्छु भन्दै ५ लाख र ठकुरीले बेलायत पठाइदिन्छु भन्दै १ लाख २० हजार ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको छ।








About Us
प्रतिक्रिया