निर्माण व्यवसायी ऋषिकेश गौली पक्राउ 


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) ले निर्माण व्यवसायी ऋषिकेश गौलीलाई पक्राउ गरेको छ।सार्वजनिक खरिद अनुगमन कार्यालयको डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाएर ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अघि नै त्यस्ता प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको जनाएको छ।

गौलीलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई साईबर ब्युरोबाट खटिएको प्रहरी टोलीले पुरानो वानेश्वर, काठमाडौंबाट पक्राउ गरेको हो। उनीमाथि सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

साथै, उक्त मुद्दामा हालसम्म १० जना निर्माण व्यवसायिहरु समेत गरी जम्मा १३  जना शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।