जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ, ६९ हजार बरामद 


काठमाडौं – भक्तपुरको  भक्तपुर नगरपालिका– १ सृजनानगर बस्ने विदुर भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय हिराकाजी निरौला समेत ६ जनालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ३ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो। 

कैलालीको टीकापुर नगरपालिका– २ बिजयनगर बस्ने ४५ वर्षीय आशाराम चौधरीको घर गोठमा जुवातास खेलिरहेको अवस्थामा आशाराम समेत ११ जनालाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ९ सय ५ रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।