बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै १७ लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि  बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै १७ लाख ५० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटका दिपक कुमार जयसवाल र  सर्लाहीका  मोहन कुमार थापा रहेका छन्। प्रहरीका अनुसार, जयसवालले बेलायत पठाइदिन्छु भन्दै १ लाख ५०  हजार र थापाले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना बाट १६ लाख ठगेका थिए। 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।