जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ, १ लाख ६२ हजार बरामद 


काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिका–१ शान्तिनगर बस्ने ३८ वर्षीय धर्बेन्द्र कोलीको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्बेन्द्र समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ३ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो। 

त्यस्तै, कास्कीको  पोखरा महानगरपालिका–१५ टुटुङगा बसपार्कस्थित सोही महानगरपालिका– १३ मियापाटन बस्ने ४१ वर्षीया चन्द्रा गुरूङले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्रा समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ३ सय २० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।