काठमाडौं – सर्वोच्च अदालतले व्यवसायी शुलभ अग्रवाललाई थुनामा राख्नुको कारण माग गरेको छ। आज सर्वोच्च अदालतको न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।
अग्रवालका बुबा शंकर लाल अग्रवालले पेस गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै थुनामा राख्नुको कारण माग गरेको हो। उनलाई सम्पत्ति शुद्धीकरण विभागले चैत २२ मा पक्राउ गरेको थियो।
उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। यसअघि पनि उनी २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए। त्यस बेला उनलाई विभागले तारेखमा छाडेको थियो।



About Us
प्रतिक्रिया