अमेरिकन डलर देखाई तीन लाख ठग्ने  एक जना पक्राउ  


काठमाडौं – भक्तपुरको चाँगुनारायण– ४ स्थित चिहान डाँडामा बोलाई सस्तो दरमा अमेरिकन डलर सट्टा गरिदिने भन्दै प्रलोभनमा पारी तीन लाख १०  हजार  ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सञ्जय बहादुर तामाङ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई महाराजगन्जबाट पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।