लागूऔषध मुद्दामा सहजीकरण गरिदिन्छु भन्दै घुस लिने प्रहरी वरिष्ठ हवल्दार अख्तियारको नियन्त्रणमा 


काटमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई घुस रकम ५० हजारसहित नियन्त्रणमा लिएको छ। 

क्षेत्रीले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय, पोखराबाट खटिएकाे टोलीले सेवाग्राहीबाट ५० हजार लिइसकेको अवस्थामा फेला पारेको हो। 

क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।