बैंकिङ्ग कसुर मुद्दामा ३३ लाख जरिवाना तोकिएका दुई जना प्रहरीको फन्दामा 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने ४८ वर्षीय रोहितलाल श्रेष्ठ र काठमाडौं महानगरपालिका– २८ बस्ने मोरङ विराटनगर महानगरपालिका–१० घर भएका मणि निरौला रहेका छन्। 

सर्वोच्च अदालतको २०८० असोज १५ गतेको फैसलाले उक्त मुद्दामा १३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय ठहर भई फरार रहेका रोहितलाललाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका– ३ महाराजगन्जबाट पक्राउ गरेको हो। 

यसैगरी उच्च अदालत पाटनको २०७९ असार १ गतेको फैसलाले सोही मुद्दामा २० लाख रुपैयाँ जरिवाना, ८० हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने र ८ दिन कैद सजाय ठहर भई फरार रहेका मणीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका– १२ बाट पक्राउ गरेको हो। उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ।